Winter fire safety

आगो द्रुत रूपमा फैलिन सक्छ र विनाशकारी, घातक पनि हुन सक्छ। ३ मिनेट भन्दा कम समयमा, विषाक्त धुवाँ र तपाईंको घरमा फैलिएको आगोको ज्वालाले तपाईंलाई र तपाईंका प्रियजनहरूलाई गम्भीर जोखिममा पार्न सक्छ।

Translations

स्मोक अलार्महरू - हामी के सिफारिस गर्छौं

Photo of a smoke alarm.

स्मोक अलार््मबारे सुझावहरू

  1. सबै बस्ने ठाउँहरू, हलवेहरू र शयनकक्षहरूमा कम्तिमा एउटा स्मोक अलार्म राख्नुहोस्
  2. अन्तरसम्बन्धित स्मोक अलार्महरू - यदि एउटा अलार्म सक्रिय भयो भने, सबै स्मोक अलार्महरू बज्छन्
  3. तपाईंको स्मोक अलार्मलाई महिनामा एक पटक आवाज नआएसम्म बटन थिचेर परीक्षण गर्नुहोस्
  4. प्रत्येक ६ महिनामा तपाईंको स्मोक अलार्मबाट धुलो भ्याकुम गर्नुहोस्
  5. प्रत्येक वर्ष ब्याट्री बदल्नुहोस् (यदि यो क्षारीय छ भने)
  6. हरेक १० वर्षमा पूरैरे अलार्म बदल्नुहोस्।

के तपाईंकोमा काम गर्ने स्मोक अलार्म छ?

काम गर्ने स्मोक अलार्मले मात्र जीवन बचाउँछ, हाम्रा अग्निनियन्त्रकहरूले तपाईंको घर भ्रमण गर्न सक्छन्, जाँच गर्न सक्छन् र आगलागी सुरक्षाबारे सल्लाह दिन सक्छन्।

नि:शुल्क सुरक्षा भ्रमण बुक गर्न आफ्नो स्थानीय आगलागी केन्द्रमा सम्पर्क गर्नुहोस् वा www.fire.nsw.gov.au/visits मा दर्ता गर्नुहोस्

घरबेटी र एजेन्टहरूलाई टिप्पण

एन एस डब्ल्युमा घरबेटी र एजेन्टहरूले भाडामा दिइएका सम्पत्तिहरूमा प्रत्येक वर्ष स्मोक अलार्म काम गरिरहेका छन् भनेर सुनिश्चित गर्न तिनीहरूको जाँच गर्नुपर्छ। यदि अलार्मले काम गरिरहेको छैन भने, यो दुई व्यापारीक दिन भित्रमा मर्मत गरिनुपर्छ। fairtrading.nsw.gov.au

आगलागीबाट सुरक्षा घरमा

Photo of an escape plan being created.

फायर स्केप प्लान (आगोबाट बच्ने योजना)

  1. आफ्नो ठेगाना थाहा पाउनुहोस्
  2. प्रत्येक कोठाबाट निस्किन मिल्ने दुईवटा तरिकाहरू निकाल्ने प्रयास गर्नुहोस्
  3. निस्किने ठाउँहरू खुल्ला राख्नुहोस्
  4. ढोका र झ्यालका चाबीहरू तालामै राख्नुहोस् ताकि तिनीहरू सजिलै खोल्न सकियून
  5. तपाईंको भेट्ने ठाउँ थाहा पाउनुहोस् - तपाईंको घरको अगाडि जहाँ अग्निनियन्त्रकहरूले तपाईंलाई देख सक्छन्
  6. आफ्नो घरका सबैजनासँग बेला- बेलामा आफ्नो स्केप प्लान (बच्ने योजना) अभ्यास गर्नुहोस्।

यदि तपाईंकोमा भएको स्मोक अलार्म बज्यो भने वा तपाईंले आगो लागेको देख्खुभयो भनेः

  1. बाहिर निस्कनको लागि आफ्नो घरको फायर स्केप प्लान (आगोबाट बच्ने योजना) प्रयोग गर्नुहोस्
  2. तल निहुरेर हिंड्नुहोस् र निस्किनुहोस्, निस्किनुहोस्, निस्किनुहोस्
  3. यदि तपाईंले सक्नुहुन्छ भने आफू पछाडिको ढोका बन्द गर्नुहोस्
  4. आफ्नो भेट्ने ठाउँमा जानुहोस्
  5. ००० लाई फोन गर्नुहोस् र फायर (FIRE) को लागि सोध्नुहोस्
  6. बाहिरै बस्नुहोस् - आफ्नो घरभित्र पुनः प्रवेश नगर्नुहोस्
  7. अग्निनियन्त्रकहरू आउने प्रतिक्षा गर्नुहोस् ।

अन्य सामान्य सुझावहरू

  1. खाना पकाउँदा हेरविचार पुर्याउनुहोस्
  2. सबै ज्वलनशील वस्तुहरू हिटर / अगेनु (आगो ताप्ने ठाउँ) बाट एक मिटरको दुरीमा राख्नुहोस्
  3. बाहिरी खाना पकाउने उपकरण घर भित्र प्रयोग नगर्नुहोस्
  4. प्रयोग गर्नु अघि तपाईंले आफ्नो ड्रायरको लिन्ट फिल्टर सफा गर्नुहोस्
  5. मैनबत्तीहरू पर्दाबाट टाढा राख्नुहोस् र कहिल्यै ध्यान नदिई नछोड्नुहोस्
  6. पावरबोर्ड वा पावरपोइन्टहरू ओभरलोड नगर्नुहोस्
  7. तपाईंको फ्लु (धुँवा निस्कने प्वाल ठाउँ) र चिम्नी नियमित रूपमा सफा गरिएको सुनिश्चित गर्नुहोस्
  8. खाटमा धुम्रपान नगर्नुहोस् वा गहुँको झोला प्रयोग नगर्नुहोस्
  9. यदि तपाईंको लुगामा आगो लाग्यो भने रोकिनुहोस्, भुँइमा लड्नुहोस्, ढाक्नुहोस् र गुल्टिनुहोस्।

*आफ्नो घरको फायर स्केप प्लान (आगोबाट बच्ने योजना) बनाउनुहोस्

डाउनलोड गर्नुहोस् र प्रिन्ट गर्नुहोस्

लिथियम-आयन ब्याट्री सुरक्षा

Cartoon of an ebike charging during the day in a garage while an adult is checking a smoke alarm.

ब्याट््र रीबाट सुरक्षित रहने बारे सुझाव

  1. ई-बाइक, ई-स्कुटरहरू, विद्वतीय शक्तिबाट चल्ने उपकरणहरू बस्ने ठाउँहरू र बाहिर निस्कने ढोकाहरूबाट टाढा, ग्यारेज वा शेडमा मात्र चार्ज गर्नुहोस्।
  2. फुलेको जस्तो देखिने, चुहिएको, रङ्ग फेरिएको वा गन्ध आउने जस्ता क्षतिको संकेत देखाउने ब्याट्री वा उपकरणहरू कहिल्यै प्रयोग वा चार्ज नगर्नुहोस्
  3. सान्दर्भिक मापदण्डहरूको पालना गर्ने र तपाईंको ब्याट्री वा उपकरणसँग आपूर्ति गरिएको वा मिल्दोजुल्दो मानिने चार्जरहरूको मात्र प्रयोग गर्नुहोस्।
  4. लामो समयसम्म (जस्तै रातभरि) वा ध्यान नदिईकन यन्त्रहरूलाई चार्जमा नछोड्नुहोस्
  5. पूरै चार्ज भएपछि स्विच अफ गर्नुहोस्
  6. आफ्नो सिरानी वा खाटमा फोन चार्ज नगर्नुहोस्, कडा सतहहरूमा मात्र यन्त्रहरू चार्ज गर्नुहोस्
  7. सम्मानित ब्रान्ड र आपूर्तिकर्ताहरूबाट उत्पादनहरू किन्नुहोस् र सेकेन्ड ह्यान्ड ब्याट्रीहरूको प्रयोग नगर्नुहोस्।